Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा १०२ जनाको पिसिआर गर्दा ५४ जनामा कोरोना देखियो


2.2K
Shares

गोरखा जिल्लामा १०२ जनाको पिसिआर गर्दा ५४ जनामा कोरोना देखियो

गोरखा १२ साउन । गोरखा जिल्लामा १ सय २ जनाको कोरोना परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको छ । जिल्लाको पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाको १०२ जनाको पीसीआर परिक्षणका क्रममा मंगलबार ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

आरुघाटमा ३७ जना महिला र १७ जना पुरुषको पिसिआर रिर्पोट प्राप्त हुदा १४ जना महिला र १३ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी पालुङटार नगरपालिकामा ३० जना महिला र १८ जना पुरुषको पिसिआर रिर्पोट प्राप्त हुदा १७ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

आजै (मंगलबार) गोरखा अस्पताल, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा गरिएको एन्टिजेनमा थप २ जना महिला र ५ जना पुरुषमा पनि संक्रमण देखिएको छ । कार्यालयले जनाए अनुसार गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला र २ जना पुरुषका साथै पालुङटार नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको छ ।

आजै अन्य गाउँपालिकामा पनि एन्टिजेन परिक्षणका क्रममा संक्रमण देखिएको भएता पनि रिर्पोट प्राप्त हुन ढिलाई भएको कार्यालयका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology