गोरखा १२, साउन । गोरखाका एक युवक सुन जस्तो देखिने पहेलो धातु सहित आज त्रिभुवन अन्तरािष्ट्य बिमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट हिमालय एयरको उडानबाट काठमाण्डौं आएका गोरखा घर भएका पदम परियारलाई करिब ११६५ ग्राम सुन जस्तो देखिने धातु सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारले गतिबिधी शंकास्पद देखिएपछि एक्सरेमा चेक जाँच गर्नेक्रममा उत्त बस्तु फेला परेको हो । पक्राउ परेका सुनजस्तो धातु के हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।