Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अबैध लागूऔषध सहित दुई युवक पक्राउ


5.7K
Shares

अबैध लागूऔषध सहित दुई युवक पक्राउ

सुर्खेत, ११ साउन । अबैध लागूऔषध सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५, गणेशचोकबाट लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँका २५ वर्षीय सन्दिप बि.क र ३० वर्षीय खडानन्द पौडेललाई पक्राउ गरेको हो ।

सडक बाटोमा शंकाष्पद रुपमा हिडिरहेका उनीहरुको शरीर चेकजाँच गर्दा सन्दिपको शरिरमा छिपाई राखेको ३ पुरिया ब्राउन सुगर फेला पारिएको हको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पक्राउ परेको दुवै माथि थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology