Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गाडी तोडफोड गरि ५ बर्षदेखि भागेका गोरखाका एक युवक पक्राउ


4.6K
Shares

गाडी तोडफोड गरि ५ बर्षदेखि भागेका गोरखाका एक युवक पक्राउ

गोरखा ११, साउन । गाडी तोडफोड गरेर ५ बर्षदेखि फरार एक पुरुषलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
२०७३ साल असार १३ गते भिमसेन थापा गाउँपालिका १ को घ्याम्पेशालमा ना ५ ख ७२११ र ना ५ ख १०४९ नम्बरको याुत्रबाह बस तोडफोड गरि जिल्ला प्रशासन कार्यालय गोरखाले १ लाख २७ हजार ५०० जरिबाना सुनाएपछि भागेका बारपाक सुलिकोट गाउँपालिका ८ का ४६ बर्षिय चुर्णबहादुर गुरुङलाई सोमबार गोरखा सदरमुकामबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तोडफोड पछि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उत्त मुद्दाको २०७७ साल असोज २२ गते गुरुङले उत्त रकम जरिवाना र १ महिना कैद फैसला गरेको प्रशासन कार्यालयले जनाएको छ । गुरुङलाई आजै जिल्ला प्रशासन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology