गोरखा ११, साउन । गोरखा जिल्लामा आज थप २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको ४ स्थानिय तहमा गरिएको एन्टिजेन परिक्षणका क्रममा सोमबार २७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार ३६ जना महिला र ५३ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १३ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २ जना महिला र ४ जना पुरुष, पालुङटार नगरपालिकामा ५ जना महिला र ३ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला र २ जना पुरुषका साथै सिरानचोक गाउँपालिमा ५÷५ जना महिला र पुरुषमा संक्रमण देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकामा मात्रै ३० जना महिला र १८ जना पुरुषको पिसिआर संकलन गरिएको कार्यालयले जनाएको छ ।