गोरखा ११, साउन । नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रको कार्यालय परिषरमा रहेको ६/८ को मुख्या ट्रान्सर्फर जलेपछि नयाँ ट्रान्सफर्मर गोरखा ल्याइएको छ । पुरानो ट्रान्सर्फमर मर्मत गर्न सक्ने अबस्था नरहेपछि दुई लगाएर हेटौडाबाट ट्रान्सफर्मर गोरखा ल्याइएको प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ ।
नयाँ ट्रान्सफर्मर आइपुगेपनि त्यसलाई जडानका लागि क्रेन झिकाउने काम भइरहेकाले आजदेखि नयाँ ट्रान्सफर्मर जडान सुरु हुने कार्यालयको भनाई छ । पुरानो ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गर्ने तयारी भइरहेको छ ।
लगातार बर्षा भइरहेकाले काम गर्न अफट्यारो परेको हो । क्रेन आइपुग्ने बित्तिकै नयाँ ट्रान्सफर्मर जडानको कार्य सुरु हुने कार्यालयले जनाएको छ ।