कास्की ११, साउन । स्कुटरको ठक्कर बाट गएराती एक पुरुषको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७, बरालफिडमा ग ९प ७५०९ नम्बरको स्कुटरको ठक्करबाट स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ४ घर भएका ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटना पछि सामान्य उपचार गरि घर पठाइएका गुरुङको घर पुग्ने बित्तिकै बेहोस भएर ज्यान गएको छ । बेहोस भएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । अस्पताल पुग्नेबित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।