Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाह्र हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त : घटनास्थलमा पुग्यो दमकल


4.7K
Shares

बाह्र हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त : घटनास्थलमा पुग्यो दमकल

काठमाण्डौं ११, साउन । अमलेखगञ्जबाट बाह्र हजार लिटर पेट्रोलियम बोकेर आउदै गरेको ट्याङ्कर दुर्घटनामा परेको छ । अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परेको हो ।

त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नं। १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको तथा सम्भाबित दुर्घटना नहोस भनेर दमकल पनि पुगिसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology