रौतहत १०, साउन । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले काग्रेसका एक स्थानीय नेतालाई पक्राउ गरेको छ । विवाहित महिलालाई बलात्कार गरेको आरोपमा नेपाली काग्रेसका स्थानीय नेता देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहालाई प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँकीएक महिलाले आफूलाई फकाएर बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी पछि कुश्वाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ति महिलाले आफु मािथ ३ दिन अघि बलात्कार भएको बताएकी छिन् । जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।