Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अचम्मको घटना : चालकले लामखुट्टे मार्न खोज्दा कार दुर्घटनामा पर्यो


2.6K
Shares

अचम्मको घटना : चालकले लामखुट्टे मार्न खोज्दा कार दुर्घटनामा पर्यो

काठमाण्डौं १०, साउन । चालकले लामखुट्टे मार्न खोज्दा कार दुर्घटनामा परेको । भक्तपुरको गठ्ठाघरमा लामखुट्टे मार्न खोज्दा बी एए १३४८ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी अनुसार कार चलाइरहेका बेला चालकलाई लामखुट्टेले टोकेको थियो । उक्त लामखुट्टेलाई मार्न खोज्दा अनियन्त्रित भइ कार दुर्घटनामा परेको बयान चालकले दिएका छन् । कार सडक किनारमा रहेको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा परी कारमा र रेलिङमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालकको मापसे परीक्षण भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology