काठमाण्डौं १०, साउन । मोटरसाईकल र्दुघटनामा परि आज बिहान एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेका राना सवार लु १५ प ६३२१ नम्बरको मोटरसाइकल बिहान सात बजेतिर लमही नगरपालिका वडा नं ४ अर्नवा भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि प्यूठान जिल्ला सरुमा रानी गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ३४ वर्षीय युवराज रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुकुन्दप्रशाद रिजालले जानकारी दिनुभयो ।
तीब्र गतिको मोटरसाइकल अनियन्त्रित भइ सडकदेखि झन्डै ६५ मिटर तल खसेको थियो । घाइते रानालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।