Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना बिरुद्धको खोप लगाउन अनलाईन फराम अनिबार्य : सामाजिक सञ्जालमा सुरुभयो बिरोध


5.7K
Shares

कोरोना बिरुद्धको खोप लगाउन अनलाईन फराम अनिबार्य : सामाजिक सञ्जालमा सुरुभयो बिरोध

काठमाण्डौ १०, साउन ।  खोप लगाउनका लागि अनलाइनबाट अनिवार्य रुपमा फारम भर्नुपर्ने व्यवस्था गरिएपछि बिभिन्न सामाजिक सञ्जालमा यसको विरोध भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

अनलाइनको पहुँचमा नभएका र फारम भर्ने बारेमा जानकारी नभएका व्यक्ति खोपबाट छुट्ने भन्दै सामाजिक सञ्जाल फेसबुक, ट्विर लगायतमा मन्त्रालयको निर्णयको विरोध भएको हो । यसोगर्दा भीड व्यवस्थापनमा सजिलो हुने र कोरोना महामारी फैलनबाट जोगिन सकिने भन्दै मन्त्रालयले परिपत्र गरेको खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र ७७ वटै जिल्लामा कोरोनाको खोप लगाउन पाउने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology