Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा शुक्रबार ६८ जनामा कोरोना पुष्टी : गोरखा नगरपालिका भित्र मात्र ३० जनामा संक्रमण


2.4K
Shares

गोरखामा शुक्रबार ६८ जनामा कोरोना पुष्टी : गोरखा नगरपालिका भित्र मात्र ३० जनामा संक्रमण

गोरखा ८, साउन । गोरखाको स्थानिय तहमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको छ । जिल्ला भित्र निषेधाज्ञा कायम भएपनि कार्यान्व्यन फितलो हुदा संक्रमणको दर घट्नुको साटो झनै बढ्दै गएको छ । पछिल्लो केहीदिन यता जिल्ला भित्रका अधिकासं स्थानीय तहमा फेरि संक्रमण दर बढ्दै गएको छ ।

शुक्रबार मात्रै पनि जिल्लाको ४ स्थानिय तहमा पीसीआर र एन्टिजेन मार्फत ६८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएका मध्ये गोरखा नगरपालिकामा मात्र ३० जनामा संक्रमित भेटिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । शुक्रबार पिसिआर मार्फत ४७ जना र एन्टिजेन मार्फत २१ जनामा संक्रमण देखिएको छ ।

पिसिआर मार्फत गोरखा नगरपालिकामा ४ जना महिला र १० जना पुरुष, आरुघाट गाउँपालिकामा ५ जना महिला र ८ जना पुरुष र शहिद लखन गाउँपालिकामा ९ जना महिला र ११ जना पुरुष गरि ४७ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी एन्टिजेन मार्फत गोरखा नगरपालिमा ६ जना महिला र १० जना पुरुष र गोरखा अस्पतालमा १ जना महिला र ४ जना पुरुष गरी २१ जनामा संक्रमण देखिएको छ ।

जिल्ला भित्र कुल संक्रमित हुने मध्ये २५ जना महिला र ४३ जना पुरुष रहेका छन् । जिल्लामा आज प्रदेश स्वास्थ्य निर्देशनाय मार्फत ४५ जना महिला र ७२ जना पुरुषको पिसिआर नजिता प्राप्त भएको कार्यालयले जनाएको छ ।यता आज ५८ जना महिला र ५४ जना पुरुषको एन्टिजेन परिक्षण भएको थियो । कार्यालयका अनुसार शुक्रबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा ४३७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology