Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा साउन २४ गतेसम्मका लागि निषेधाज्ञा थप (यस्तो छ निर्णय)


3.4K
Shares

गोरखा जिल्लामा साउन २४ गतेसम्मका लागि निषेधाज्ञा थप (यस्तो छ निर्णय)

गोरखा ८, साउन । गोरखा जिल्लामा यहीँ साउन २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना महामारीको दोश्रो लहर फैलिएसंगै जारी भएको निषेधाज्ञा पुनः साउन २४ गते सम्मको लागि लम्बाईएको हो । जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषण गर्दै साउन २४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

समितिले यस अघि आठौं पटक म्याद थप गरेको निषेधाज्ञा साउन ९ गते अर्थात भोली शनिबार राती १२:०० बजे सकिदैछ । डिसिएससीको बैठकले जिल्लामा निषेधाज्ञा लागू गरेपनि आफैले गरेका निर्णय भने कार्यान्वयन गर्न सकेको छैन । जिल्ला भित्र खाजा घर, रेष्टुरेन्ट र मिठाई पसलहरुबाट टेकअवे र होमडेलिभरी मात्र दिन मिल्ने निर्णय पटक पटक गरिएको भएता पनि त्यस्ता घरहरु सधै खचाखच भरिएर सञ्चालन हुदै आएको छ ।

यता कवर्ड हल, पार्टी प्यालेस, ब्युटी पार्लर, शैलुन तथा जिम खाना सञ्चालन नगर्ने नगराउने भनिएता पनि अहिले ति व्यवसाय धमाधम सञ्चालन भइरहेका छन् । सर्व साधारणकोलागि मात्र निषेध गरिएको कवर्ड हल, पार्टी प्यालेस, ब्युटी पार्लर, शैलुन तथा जिम खानामा भने सरकारी र पहुचवालाहरु भने दैनिक जसो जाने र सेवा लिने गरेको सहजै देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology