Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोराना खोप लगाएको २ घण्टामै एक बृद्धाको मृत्यु


7.2K
Shares

कोराना खोप लगाएको २ घण्टामै एक बृद्धाको मृत्यु

काठमाडौं, ८ साउन । कोरोना खोप लगाएको करिब २ घण्टापछि एक बृद्धाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना खोप लगाएपछि मृत्यु छ। खोप लगाएको झण्डै पौने तीन घण्टा पछि उहाँको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । यद्यपि उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।

कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । ‘सुनौला बजार स्वास्थ्य केन्द्रमा उहाँले आज विहान साढे ११ बजे तिर खोप लगाउनु भएको रहेछ उहाँले भन्नुभयो, ‘आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर जानु भएको रहेछ ।’ तर त्यसको झण्डै एकघण्टा पछि उहाँ बेहोस जस्तो हुनुभएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएका रहेछन् ।

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा. पौडेलले बताउनुभयो । धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले खोप लगाएका एक वृद्धको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी आफूले पाएको जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology