काठमाण्डौं ७, साउन । प्रहरी ल फर्म भित्रै तास खेली रहेको अबस्थामा आज ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाण्डौ ८ का रविन बिडारीले कलंकीमा सञ्चालन गरेको बिडारी ल फर्मभित्रबाट तास खेली रहेको अबस्थामा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।
बोहराका अनुसार पक्राउ पर्नेमा ल फर्मका सञ्चालक बिडारी सहित श्याम अधिकारी, प्रकाश श्रेष्ठ, गणेश कोइराला, विजय केसी, नारायण ठकुरी र राजेन्द्र दाहाल रहेको कालिमाटी प्रहरी बृतका डिएसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
प्रहरीले तासको खालबाट ७१ हजार ७ सय नगद, ६ बुक तास, तास खेल्न प्रयोग गरिने उपकरण समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरु थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।