Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ह्वात्तै बढ्यो फेरि कोरोना संक्रमण : आज मात्र ६४ जनामा संक्रमण पुष्टी


5.2K
Shares

गोरखामा ह्वात्तै बढ्यो फेरि कोरोना संक्रमण : आज मात्र ६४ जनामा संक्रमण पुष्टी

गोरखा ७ साउन । गोरखा जिल्लामा फेरि कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । जिल्ला भित्र निषेधाज्ञा खुकुलो भएसंगै संक्रमणको दर पनि बढ्न थालको हो । आज मात्र जिल्लामा थप ६४ जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको ७ स्थानिय तहमा संक्रमितहरु थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानिय तहमा परिक्षणको दायरा बढाए संगै पिसिआर मार्फत ३१ जना र एन्टिजेन मार्फत ३३ जनामा संक्रमण देखिएको छ ।
पीसीआर मार्फत गोरखा अस्पतालमा १ जना पुरुष, पालुङटार नगरपालिकामा १० जना महिला र १३ जना पुरुष र गण्डकी गाउँपालिकामा २ जना महिला र ५ जना पुरुष गरी ३१ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । त्यस्तै गरी एन्टिजेन मार्फत गोरखा अस्पतालमा ३(३ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा र शहिख लखन गाउँपालिकामा ४(४ जना महिलामा संक्रमण देखिएको छ ।

उता भिमसेन थापा गाउँपालिकामा ११ जना महिला र ३ जना पुरुष र सिरानचोक गाउँपालिकामा १ जना महिला र ४ जना पुरुषमा पनि संक्रमण देखिएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा बिहीबार ४७ जना महिला र २८ जना पुरुष गरी ७५ जनाको एन्टिजेन गरीएको थियो भने आजै प्रदेश स्वास्थ्य निर्देशनालयबाट १९ जना महिला र २७ जना पुरुषको पीसीआर परिक्षणको रिर्पोट प्राप्त भएको थियो ।

कार्यालयले आज विभिन्न स्थानमा गरी १५ जना महिला र ३१ जना पुरुषको पीसीआर संकलन गरेको जनाएको छ । बिहीबारसम्म जिल्लाको विभिन्न स्थानिय तहमा ३८५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology