सल्यान ७, साउन । फोक्सोमा समस्या देखिएपछि एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सल्यान जिल्ला अस्पतालमा रहेकी महोत्तरी सोनाम गाउँपालिका–१ घर भएकी सल्यान शारदा नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो ।
शल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले जानकारी दिनुभयो । अचानक अक्सिजन कम भई अप्रेशन पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने भएकाले उनलाई सुर्खेत पठाइएको जैसीले जानकारी दिनुभयो ।