Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

मोवाईल चार्ज गर्ने बिषयमा सामान्य बिबाद हुदा आफ्नै भाइको हत्या


4.2K
Shares

मोवाईल चार्ज गर्ने बिषयमा सामान्य बिबाद हुदा आफ्नै भाइको हत्या

सुर्खेत ७, साउन । मोवाइल चार्ज गर्ने बिषयमा सामान्य झगडा हुदा दाईले आफ्नै भाईको हत्या गरेका छन् । सुर्खेतको बनगाड कुपिण्डे नगरपालिका ५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय आफ्नै भाई सन्दीप परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विवाद्पछि दाई कपिलले भाई सन्दिपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका र उपचारका क्रममा मृत्यु भएको हो । सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको थियो ।

सन्दीपको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology