Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

६ जना महिला सहित १२ जुवाडे पक्राउ


3.3K
Shares

६ जना महिला सहित १२ जुवाडे पक्राउ

काठमाण्डौं ६ साउन । प्रहरीेले ६ जना महिला सहित १२ जना जुवाडेलाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको प्रहरीको टोलीले  काठमाडौंको भोटेबहाल उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्थानीय दिनेश कुमार शेरचनको घरमा रहेको जुवा खालमा छापा मारेर जुवाडे पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिसरले जानकारी दिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं घर भएकी रन्जन प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँ लगायत रहेका छन् । जुवाको खालबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक समेत बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology