Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एक बर्षमा १७ सवारी दुर्घटना, ११ जनाको मृत्यु १६ गम्भीर घाइते


2.4K
Shares

गोरखामा एक बर्षमा १७ सवारी दुर्घटना, ११ जनाको मृत्यु १६ गम्भीर घाइते

गोरखा ६, साउन ।  गोरखा जिल्लामा एक बर्षको अबधीमा १७ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला भित्र गत आर्थिक बर्ष २०७७/०७८ मा भएको दुर्घटना परि ११ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । उहाँले गत आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा परि ९ जना पुरुष, १ महिला र १ बालकको मृत्यु भएको बताउनुभयो । गत आर्थिक बर्षमा जिल्लामा बस ५ ओटा, ट्याक्टर ५ ओटा दुर्घटनामा परेको उहाँले बताउनुभयो ।

त्यस बाहेक गत आर्थिक बर्षमा जिल्ला भित्र १ टिप्पर, ४ वटा जीप, ४ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रमुख ढकालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परि ५७ जना घाइते भएको उहाँले बताउनुभयो । दुर्घटना घाइते भएका १६ जना गम्भीर र ४१ जना सामान्य घाइते भएका प्रमुख ढकालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को तुलनामा गएको आर्थिक बर्षमा दुर्घटनासंगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या पनि बढेको छ ।

अघिल्लो आर्थिक बर्षमा जिल्लामा कुल १६ दुर्घटनामा परि ७ जनाको मत्यु भएका थिए । त्यस्तै सामान्य घाइते अघिल्लो आर्थिक बर्षमा २४ जना गम्भीर घाइते भएका थिए भने २३ जना सामान्य घाइते भएका थिए । गएको तीन आर्थिक बर्षमा जिल्ला भरी ६१ सवारी दुर्घटना भएका छन् । जसमा ट्रक ६ वटा, टिप्पर ७ वटा, बस १० वटा, जीप तथा कार ११ वटा, ट्याक्टर १६ वटा र मोटरसाईकल १९ वटा दुर्घटनमा परेको उहाँले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका भने ५७ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै १०२ जना ३ बर्षको अबधीमा दुर्घटनामा परि सामान्य घाइते भएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology