Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाघको छालासहित दुई जना पक्राउ


6.6K
Shares

बाघको छालासहित दुई जना पक्राउ

नागरिक सवाल

दाङ, ६ साउन । अबैध बाघका छाला सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित गोग्लीबाट आज बिहान जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology