Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खुकुरी प्रहार गरी वृद्धको हत्या


2.7K
Shares

खुकुरी प्रहार गरी वृद्धको हत्या

गाईघाट ६, साउन । उदयपुरको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन्। हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए। बिहान सामान्य विवादपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology