Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हाम्रो जन्मभूमि संस्थाद्धारा बोनम्यारो रोगबाट पीडित बालकलाई सहयोग


5.3K
Shares

हाम्रो जन्मभूमि संस्थाद्धारा बोनम्यारो रोगबाट पीडित बालकलाई सहयोग

काठमाडौं, ५ साउन । हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाइ गाउँपालिका वडा नम्बर९२, बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई १ लाख ६३ हजार सहयोग गरेको हो । शाहीको विगत १ वर्षदेखि सिभिल अस्पताल मिनभवन काठमाडांैमा उपचार भइरहेको छ ।

गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचार गर्नका लागि २५ लाख रकम लाग्ने समाचार मिडियामा आएपछि टिकटकमा संगठित भएर सिन्धुपाल्चोकमा दर्ता भएको हाम्रो जन्मभूमि संस्थाले देश तथा विदेशमा रहेका नेपालीहरुबाट रकम संकलन गरी बालक शाहीलाई नगद हस्तान्तरण गरेको हो । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र हाम्रो जन्मभूमि संस्थाका अध्यक्ष इन्द्र आचार्यले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सल्लाहकार, मानार्थ सदस्य,आजीवन सदस्य लगायतको सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन समितिका सदस्य नारायण श्रेष्ठले गर्नुु भएको थियो । समाजिक सेवामा सर्मपिते सस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारहरुलाई २ लाख बराबरको खाद्यान्न सामग्री आर्थिक सहयोग गरेको थियो ।

उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् । आगामी दिनमा पीडितहरुलाई सहयोग गर्ने संस्थाका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फुुयाँलले आगामी दिनमा अझै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको यो कार्यले सामाजिक कार्यमा एकजुट भई अगाडि बढ्न अरुलाई पनि प्रेरणा दिएको बताउनुभयो । तस्वीरः प्रदीपराज वन्त (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology