Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा खेतबाट फर्कदै गरेकी बालिकाको पोखरीमा डुबेर मृत्यु


3.4K
Shares

गोरखामा खेतबाट फर्कदै गरेकी बालिकाको पोखरीमा डुबेर मृत्यु

गोरखा, ५ साउन : गोरखाको पालुङटार नगरपालिका–८, स्थित मुलाबारीमा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । स्थानीयबासी बुधबहादुर नेपालीकी छोरी १३ बर्षकी ऋचा नेपालीको पोखरी डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

स्थानीय रनबहादुर गुरुङले सिंचाईका लागि निर्माण गरेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । आफ्नै खेतमा रोपाई गरेर फर्कदै गरेका बेला हातखुट्टा धुन पोखरीको छेउमा पुगेकी नेपाली एक्कासी चिप्लिएर पोखरी खसेको प्रहरीको भनाई छ ।

घटना दिउँसो करिब १ बजेको समयमा भएको डिएसपी दाहालले बताउनुभयो । पोखरीमा डुबेको अबस्थामा उद्धार गरिएकी बालिकालाई उपचारका लागि धुवाँकोट प्राथामिक स्वास्थ्य चौकीमा पु¥याइएको थियो । ऋचाको उपचारका क्रममा करिब २: ३० बजे मृत्यु भएको डिएसपी दाहालले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology