Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रसिद्ध अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी


3.6K
Shares

प्रसिद्ध अकलादेवी मन्दिरमा तोडफोड, मुर्ति समेत चोरी

दुलेगौँडा ,५ श्रावण। तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट देवीको मुर्ति चोरी भएको छ । गएराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मुर्ति चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव बसन्त थापाले जानकारी दिनुभयो।

सचिव थापाको अनुसार मन्दिरमा रहेको गणेशको मुर्ति ,शंख ,घण्टी , तरबार लगायतका सामानहरु चोरी भएको छ । मन्दिरको गजुर भने सुरक्षित रहेको जनाइएको छ । विहान पुजारी मन्दिरमा दैनिक नित्यपुजाको लागि जाँदा मन्दिरमा मुर्ति चोरी भएको थाहा पाएका थिए । अहिले प्रहरी आएर घट्नाको विषयमा अनुसन्धान गरिरहेको थापाले जानकारी दिनुभयो ।

थापाले हजारौ लाखौ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घट्ना अत्यन्त निन्दनीय र हिन्दुधर्ममाथिको प्रहार भएको बताउनुभयो । उहाँले कोही शंकास्पद व्यक्ति वा समुह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology