Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आरुघाट गाउँपालिकाद्धारा SEE मा उत्कृष्ट अङक ल्याउने बिधार्थीलाई ७५ हजार रुपैया प्रदान


3.7K
Shares

आरुघाट गाउँपालिकाद्धारा SEE मा उत्कृष्ट अङक ल्याउने बिधार्थीलाई ७५ हजार रुपैया प्रदान

गोरखा ५, साउन । गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्र एसइई परीक्षामा उत्कृष्ठ अंङक प्राप्त गर्ने एक बिधार्थीलाई पुरस्कृत गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण दाहालले २०७६ सालको एसइई परीक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने आरुघाट –१०, की छात्रा स्वीकृति खनाल  (३.९५ GPA) लाई ७५ हजार रुपैया नगर पुरस्कार प्रदान गर्नुभएको हो ।

गाउँपालिकाले द्वन्द्वपीडित एवम् विपन्न वर्गका कम्तिमा  B+ भन्दा माथि नतिजा हासिल गरी प्राविधिक धारमा अध्ययन गर्ने दुई जनालाई पनि प्रति व्यक्ति ५० हजार रुपैयाका दरले पुरस्कार प्रदान गरेको उहाँले बताउनुभयो । दलित छात्रा तर्फ पुरस्कृत हुनेमा आरुघाट–२ का सारा सुनार रहेको गाउँपालिकाले जनाएको छ ।

आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप यस गाउँपालिकाभित्र संचालित सामुदायिक विद्यालयमा अध्ययन गरी SEE परीक्षा २०७६ मा गाउँपालिकाभरिबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्राहरु मध्येबाट १ जना र दलित, द्वन्द्वपीडित एवम् विपन्न वर्गका कम्तिमा B+ भन्दा माथि नतिजा हासिल गरी प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुमध्येबाट सर्वोत्कृष्ट एकरएक जनालाई पुरस्कार प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology