गोरखा ५, साउन । गोरखाको सिरानचोक गाउँपालिका–३, स्थित थानिस्वाँरामा जंगलबाट ल्याएर घरमा पालिएको मृगको उद्धार गरिएको छ । स्थानीयबासी सकुन्तला ढकालले जंगलबाट भेटेर घरमा ल्याई पालेको पोथी मृगको पाठी बन कार्यालयलाई बुझाउनु भएको हो ।
ढकाले गएको असारमा १५ गते गोठालो जाँदा जंगममा मृग भेटेपछि घरमा ल्याएर पाल्नु भएको थियो । बन कार्यालयमा बुझाइएको रतुवा मृग करिब डेढ बर्षको रहेको डिभिजन बन कार्यालय पालुङटारका प्रमुख अर्जुनबहादुर अक्षामीले जानकारी दिनुभयो ।
‘घरमा पालेर राख्न नपाइने भन्ने जानकारी पाएपछि उहाँले प्रहरीलाई खबर गर्नुभएछ, प्रमख अक्षामीले भन्नुभयो, इलाका प्रहरी कार्यालय हर्मी र सव डिभिजन बन कार्यालयको टोली घरमै गएर मृगको उद्धार गरि ल्याएको हो ।’ उद्धार गरिएको रतुवा मृगलाई उचित बासस्थान लगेर छोड्ने जानकारी दिनुभयो ।
‘