Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

रक्सी खाएर सुतेका ४ जनाको ज्यान गयो, २ जना गम्भीर बिरामी


4.6K
Shares

रक्सी खाएर सुतेका ४ जनाको ज्यान गयो, २ जना गम्भीर बिरामी

बाग्लुङ ५ ,साउन । घरेलु रक्सी खाएर सुतेका ४ जनाको मृत्यु भएको छ । बाग्लुङको गलकोट नगरपालिका ७ गैराखर्कमा ‘लोकल रक्सी’ पिएर सुतेका रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रविन्द्र पुनको अवस्था गम्भीर रहेको रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी इकलाल हजारीले जानकारी दिनुभयो ।

उनीहरू गलकोटको बृहत खानेपानी आयोजनाको मजदुर भएको खुलेको उहाँले बताउनुभयो । घटनास्थलबाट केही घरेलु रक्सी समेत बरामद गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको डिएसपी हजारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology