मोरङ ५, साउन । अन्दाजी ४५ बर्षका एक पुरुषको आज बिहान शव फेला परेको छ । मोरङको विराटनगर स्थित जनआन्दोलन चोक नजिकै स्वस्तिक होटल अगाडिको सटर बाहिर अन्दाजी ४५ वर्ष उमेरका पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक पुरुषको टाउकोमा चोट पटक लागेको अबस्थामा भेटिएको डीएसपी दीपक कार्कीले जानकारी दिनुभयो ।
गहुँगोरो वर्णका मृतक पुरूषको पहिचान अहिलेसम्म नखुलेको प्रहरीको भनाई छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । मृतकको शव पोस्टमार्टम गर्न विराटनगरस्थित कोशी अस्पताल लगिएको छ।