Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखा जोड्ने झोलुङ्गे पुलमा पहिरोले पु¥यायो क्षति : लठ्ठामा भुण्डिएर वारपार गर्न बाध्य


3.5K
Shares

उत्तरी गोरखा जोड्ने झोलुङ्गे पुलमा पहिरोले पु¥यायो क्षति : लठ्ठामा भुण्डिएर वारपार गर्न बाध्य

गोरखा, ५ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका स्थित माछाखोला माथिको झोलुङ्गे पुलमा पहिरोले क्षति पु¥याएको छ । पहिरोसंगै खसेको ठूलो रुखले गाउँपालिकाको वडा नम्बर ५ को माछा खोला र वडा नम्बर ३ को उहियाँ खोर्ला जोड्ने झोलुङ्गे पुलको एक तर्फको लठ्ठा चुडिएको स्थानीयबासी प्रतापमान गुरुङले जानकारी दिनुभयो । आइतबार राती परेको अबिरल बर्षापछि आएको बाढीका कारण खोर्ला तर्फबाट खसेको पहिरो पुलमा क्षति पु¥याएको उहाँले बताउनुभयो ।

‘माथि भिरबाट ठुलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लठ्ठा चुडिएको छ, गुरुङले भन्नुभयो, तत्कालै मर्मतसम्मार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अबस्था बनेको छ ।’ २०६० सालमा बिपिलको सहयोगमा निर्माण भएको उत्त पुलमा क्षति पुगेपछि उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका नागरिक संगै पर्यटकहरुलाई समेत समस्या भएको उहीयाँ खोर्लाका स्थानीयबासी दिलबहादुर गुरुङले बताउनुभयो ।

जिल्लाको पर्यटकिय मार्गको रुपमा रुपमा चिनिने मनास्लु पदमार्ग प्रवेश गर्ने झोलुङ्गे पुल लठ्ठा चुडिएपछि अहिले जोखिम मोलेर आउजाउ गर्न बाध्य भएको उहाँको भनाई छ । ‘माछाखोला माथिको झोलुङ्गे पुल उत्तरी गोरखा प्रवेश गर्दा सर्वसाधारण पर्यटक आउजाउ गर्ने पुल हो, गुरुङले भन्नुभयो, यो पुल नतरी उत्तरी क्षेत्र पुग्न सकिदैन, अहिले पुलको तर्न ज्यानको जोखिम मोल्नु पर्ने बाध्यता छ ।’

दैनिक आवातजावत गर्न समस्या समस्या भएपछि स्थानीबासीहरु मिलेर पहिरोसंगै आएको रुख हटाएर पुलको एकतर्फको लठ्ठामा भुण्डिएर वारपार गर्न सक्ने बनाएको गुरुङले जानकारी दिनुभयो । जेठको अन्तिम सातादेखि परेको बर्षाका कारण पदमार्ग समेत अबरुद्ध भएपछि नेपाली सेनाले केहीदिन अघि मात्र पदर्माग सफा गरेको थियो । तर फेरि पहिरोले पुलमा क्षति पु¥याएपछि समस्या भएको गुरुङको भनाई छ ।

पुलमा क्षति पुगे संगै खच्चडबाट सामान ढुवानीमा समस्या भएको स्थानीय व्यवसायी शर्मिला गुरुङले जानकारी दिनुभयो । खच्चडबाट सामान ढुवानी गर्नुपर्ने सो क्षेत्रमा ढुवानी गर्न सक्ने अबस्था नभएपछि दैनिक उपभोग्य बस्तुको अभाव हुनसक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology