दाङ ४, साउन । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका १ बस्ने ३२ वर्षका लोकमान सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
गोप्य सूचनाका आधारमा आज दिउँसो सुनारलाई खैराबाट पक्राउ गरिएको हो । सुनारबाट प्रहरीले ३ फिट ३ इञ्च लाम्बाई भएको रेडपाण्डाका छाला र उनी सवार रा ४ प ९४५० नम्बरको मोटसाइकल नियन्त्रणमा लिएको छ ।