गोरखा ४, गोरखाको सहिद लखन गाउँपालिकाको बुङकोटमा कोरोना संक्रमणको दर बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाइएको छ । गाउँमा संक्रमण बढेपछि गरिएको ५५ जनाको पिसिआर परिक्षणमा जसमा १७ जनामा संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा ७ जना पुरुष र १० जना महिला रहेका छन् ।