गोरखा ४, असार । गोरखा नगरपालिका स्थित शक्ति माध्यामिक बिधालयमा लायन्स क्लव अफ गोरखाको आयोजनामा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विहान लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखासंगको समन्वयमा विद्यालय वरपर स्वच्छ वातावरण बनाउने उद्धेश्यका साथ वृक्षरोपण गरिएको क्लवका अध्यक्ष चन्दन बाबु खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयको चारैपट्टी आँप, लिची, एबोकार्डो, ड्रागन फ्रुट्स गरी एकसय ५० थान वृक्षरोपण गरिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले विरुवाको हेरचाहको लागि एक विद्यार्थी एक विरुवा जिम्मा दिन विद्यालयलाई आग्रह गर्दै सबैभन्दा राम्ररी विरुवा हुर्काउने विधार्थीलाई उत्कृष्ट छनोट गरि क्लबले पुरस्कारको समेत व्यवस्था गर्ने घोषणा गर्नुभयो।
गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतमा भएको वृक्षरोपण कार्यक्रम लायन्स क्लव अफ गोरखा कालिकाका अध्यक्ष मिना देवी श्रेष्ठले समापन गर्नु भएको थियो । लियो क्लब अफ गोरखाका प्रथम उपाध्यक्ष लियो बाल कृष्ण परियार , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बाबु जोशि, विद्यालयका प्र।अ राजेन्द्र प्रसाद अधिकारी लगायत लायन्स र सदस्यहरुको सहभागिता रहेको थियो ।
