काठमाण्डौं ४, साउन । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार परेको छ । बिशेष गरि हिन्दु नेपाली नारीहरुले आजको दिनलाई बिशेष दिनको रुपमा लिने गर्दछन् । साउनको महिनालाई हरियालीको महिना पनि भन्ने गरिन्छ । हिन्दु नारीहरु साउनको महिनाभर हरिया चुरा, हरिया पोते, लगायत हरिया पहिरन लगायत सुसज्जित हुने गर्दछन् ।
हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।
हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।
पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ ।
यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ । यो बर्षको साउन महिनाका ५ वटा सोमबार परेकाले पनि झनै राम्रो मानिन्छ ।