Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखामा नदी किनारमा मोवाइल र चप्पल छोडेर एक पुरुष बेपत्ता


5.6K
Shares

गोरखामा नदी किनारमा मोवाइल र चप्पल छोडेर एक पुरुष बेपत्ता

गोरखा, ३ साउन ः गोरखाको आरुघाट गाउँपालिका–३, सोतीबजार स्थित बूढीगण्डकी नदीको किनारमा मोवाईल र चप्पल छोडेर एक पुरुष बेपत्ता भएका छन् । शनिबार दिउँसोेदेखि परिवारको सम्पर्कमा नआएका स्थानीयबासी ४५ बर्षका भूवहादुर थापाले नदीको किनारामा मोवाईल र चप्पल छोडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

बेपत्ता थापाले शनिबार दिउँसो करिब ४ बजेको समयमा घर श्रीमतीलाई फोन गरेका छन्, उहाँले भन्नुभयो, त्यसपछि अबरेसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दा बूढी गण्डकी नदीको किनारामा मोवाइल र चप्पल भेटिएको रहेछ ।’घर नजिक रहेको बूढी गण्डकी नदीको किनारमा भेटिएको मोवाईल र चप्पल थापाकै भएको परिवारले पुष्टी गरेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

‘भेटिएका सामाग्री आफ्नो श्रीमानको भएको भन्दै बेपत्ता थापाकी श्रीमतीले खोजीका लागि प्रहरीमा निवदेन दिएपछि मात्र घटनाको बारे जानकारी पाएको उहाँले बतउानुभयो । सम्र्पक बिहिन भएका थापाको खोजी कार्य तिव्र पारिएको एसपी खनालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology