Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आजदेखि मतदाता नामावली संकलन तथा अद्याबधिकको कार्य सुरु


5.7K
Shares

गोरखामा आजदेखि मतदाता नामावली संकलन तथा अद्याबधिकको कार्य सुरु

गोरखा ३, साउन । जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य पुनः सुरु गरेको छ । कार्यालयले दोस्रो पटक प्रतिनिधि सभा बिघटन गरि राष्ट्रपतिले निर्वाचनको घोषणा गरेपछि स्थगित भएका नामावली संकलन कार्य निर्वाचन नहुने भएपछि फेरि सुरु गरेको जनाएको छ ।

कार्यालयले मतदाता नामावली संकलन तथा अद्याबधिक गर्नका लागि नेपाली नागरिकताको संक्कल प्रति र प्रतिलिपि सहित कार्यालयमा स्वंयम उपस्थित हुनुपर्ने आज जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदाता स्थल, जन्ममिति, नागरिकता नम्बर, बाबु आमाको नामथर लगायतका बिबरण समेत सच्याउन सकिने जनाएको छ ।

त्यसका लागि नेपाली सम्बन्धित व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपी तथा बिबाहित पति पत्नीले नामथर थप्नु पर्ने भए बिबाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी सहित निवेदन दिनुपर्ने कार्यालय जारी गरेको सूचनामा भनिएको छ । कार्यालयले कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको, बसाई सरि गएको भए मतदाता नामावलीबाट नाम हटाउन समेत निवदेन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology