Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

७० बर्षका बृद्धालाई बाघले खायो


2.4K
Shares

७० बर्षका बृद्धालाई बाघले खायो

बर्दिया ३, साउन । बाघको आक्रमणबाट ७० बर्षका एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का गोरे थापाको ज्यान गएको हो ।

भैँसी चराउन गएपछि हिजोदेखि हराइरहेका गोरे थापालाई निकुञ्जका हात्तीको सहयोगमा खोजी गर्दा शिवपुर फाँट नजिकै ओराही खोला किनारमा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीमकुमार थापाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षसहित दुई वर्ष बर्दियामा पाटेबाघबाट २२ र जंगली हात्तीबाट २ गरि २४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology