चितवन ३, साउन । आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर पल्टदा चालकको ज्यान गएको छ । चितवनको भरतपुर भरतपुर महानगरपालिका–५ कैलाशनगरका चन्द्र सिग्देलको खेत जोत्दै गर्दा करिब ८ बजे ना ४ त ३१५२ नम्बरको ट्य्राक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टरका चालक सन्दीप मगर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । रोपाइँका लागि खेत जोत्ने क्रममा ट्य्राक्टर दुर्घटनामा परेको उहाँको भनाई छ ।
ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका ३४ बर्षका मगरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।