Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना बिरुद्धको ३ हजार डोज खोप लिएर उत्तरी गोरखामा हेलिकप्टर पुग्यो


2.8K
Shares

कोरोना बिरुद्धको ३ हजार डोज खोप लिएर उत्तरी गोरखामा हेलिकप्टर पुग्यो

गोरखा, ३असार (रासस) : उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरबाट ढुवानी गरि आज कोरोना बिरुद्ध खोप पु¥याएको छ । मौसम खराबीका कारण यसअघि नै पु¥याउने भनिएको खोप आज मात्र चुमनुव्रीका गाउँपालिका बिभिन्न खोपकेन्द्रमा पु¥याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

जेठको अन्तिम सातादेखि परेको अबिरल बर्षाका कारण उत्तरी गोरखाको चमनुव्री गाउँपालिका क्षेत्रमा सडक, पैदल र खच्चड हिड्ने बाटो समेत अबरुद्ध भएकाले हेलिकप्टर मार्फत खोप ढुवानी गरिएको उहाँले बताउनुभयो । ‘सडक मार्गबाट खोप लैजान सक्ने अबस्था नरहेकाले हेलिकप्टर मार्फत खोप पु¥याएको हो, शाखा प्रमुख खत्रीले भन्नुभयो, शुक्रबार नै लैजाने भनिएपनि मौसम खराबीका कारण आजमात्र खोप ढुवानी गरिएको छ ।’

चीनमा उत्पादन भएको भेरोसिल खोप ३ हजार डोज माउन्टेन चाईल्ड नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पु¥याएको प्रमुख खत्रीले बताउनुभयो । चुमन्रबी पु¥याइएको खोप गाउँपालिका भित्रका १८ बर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उहाँको भनाई छ ।

सो क्षेत्रमा बसोबास गर्ने ३ हजार ७ सय ८ जना नागरिकहरु भएता पनि केहीले यस अघि नै खोप लगाई सकेका र केही मानिस राजधानीमा बसोबास गर्दै आएका कारण ३ हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिनुभयो । हेलिकप्टरबाट दुई पटक गरेर खोप चुमनुब्री पु¥याएको उहाँको भनाई छ ।

‘पहिलो पटक ल्हो, प्रोक र बि मा खोप पु¥याएको भएपनि मौसम खराबीका कारण सामागाउँमा भने पु¥याउन सकिएन, प्रमुख खत्रीले भन्नुभयो, सामागाउँमा पु¥याउनु पर्ने खोप ल्होमा झाँरिएको छ, त्यहाँबाट भरिया लगाएर लैजाने व्यवस्था मिलाएका छौ ।’ दोस्रो पटक चुम्चेतको चुम्लिङ, छेकम्पार र चुम्चेतमा खोप पु¥याइएको उहाँले बताउनुभयो । खोप बढी भएमा बिग्रने तर कम भएमा पुनः लैजान सक्ने भएकाले तत्कालका लागि ३ हजार डोज मात्र पठाइएको उहाँको भनाई छ ।

‘३ हजार भएपुग्ने अनुमान गरेका छौ, शाखा प्रमुख खत्रीले भन्नुभयो, ‘अहिले पठाइएको मात्राले खोप पुगेन भने हामी पुनः लैजान्छौ र खोप दिन्छौ ।’ सात वटा कार्यालय रहेको चुमनुब्री गाउँपालिकाले सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ लगायतका बिभिन्न स्वास्थ्य केन्द्रबाट खोप सेवा दिने उहाँको बताउनुभयो ।

चीनसंग सिमाना जोडिएको उत्त क्षेत्रमा यस अघि गएको माघ २३, २४ र २५ गते हेलिकप्टर मार्फत नै खोप पु¥याएर त्यहाँ कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु र गएको फागुन २३ गते पछि ५५ बर्ष माथिका उमेर समूहका जनप्रतिनिधी लगायतलाई सुरक्षाकर्मीहरु खोप दिईसकिएको उहाँले बताउनुभयो । जिल्लाको बिकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा पहिलो चरणमा ९ सय ९५ जनाले खोप लगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology