गोरखा ३, साउन । गोरखा जिल्लामा शनिबार मात्र दुई स्थानीय तहमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गण्डकी र सहिदलखन गाउँपालिकामा संक्रमित थपिएका स्वास्थय कार्यालय गोरखाले जनाएको छ । दुवै पालिकामा एन्टिजेन मार्फत गरिएको कोरोना परीक्षणका क्रममा १९ जना महिला र ११ जना पुरुष गरी ३० जनामा संक्रमण देखिएको हो ।
कार्यालयका अनुसार गण्डकी गाउँपालिकामा २५ जना महिला र १० जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १० जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी शहिद लखन गाउँपालिकामा १० जना महिला र ८ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा ९ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । दुई पालिकामा गरि शनिबार ३१ जना महिला र २४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।