डोटी २, साउन । डोटीमा विषालु जंगली च्याउ खादा तीन जना बिरामी परेका छन् । विषालु च्याउ खादा जिल्लाको शिखर नगरपालिका–५ तिजालीका १० वर्षका रमेश साउद, ६ वर्षका महेश साउद र ७ वर्षका आदित्य ताम्राकार बिरामी परेका हुन् ।
गोठालो गएको बेला उनीहरुले विषालु च्याउ खाएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रविन्द्र चन्दले बताउनुभयो । बिरामी तिनै जनाको दिपायल राजपुरस्थित सुजङ्ग अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।