गोरखा २, असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
केन्द्रले गाउँपालिकालाई कोरोना संक्रमणका बिरुद्ध जुध्न सहयोग पुर्याउने उद्देस्यले स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ । केन्द्रले गाउँपालिकालाई पिपिइ सेट २० थान, फेस माक्स २५० थान, एन्टिजेन किट २५ थान उपलब्ध गराएको हो ।
त्यस्तै अक्सिमिटर २० थान, साबुन १५० थान, थर्मल गन ३ थान, सेनिटरी प्याड लगायत खाद्य सामग्र समेतउ उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
निषेधाज्ञामा बेला खाद्यान्य समस्यामा परेकाहरुलाई उपलब्ध गराउने गरि केन्द्रले खाद्यान्य समेत सहयोग गरेको जनाएको छ ।
