Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

छोरीलाई बलात्कार गरि पेट बोकाउने बाबुलाई जन्मकैदको सजाय


4.3K
Shares

छोरीलाई बलात्कार गरि पेट बोकाउने बाबुलाई जन्मकैदको सजाय

बाजुरा १, साउन । छोरीलाई बलात्कार गरि पेट बोकाउने बाबुलाई जन्मकैदको सजाय फैसला भएको छ । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको हो्। आफ्नै छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको अदालतले जनाएको छ ।

१४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० हजार नगद जरिवाना तोकेको छ । जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जवरजस्तीकरणी र हाडनाताकरणी अन्र्तगत मुद्दा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको खुलासा भएपछि घटना बाहिर आएको हो ।

१४ बर्षिया छोरीको पेटमा बच्चा बसेको थाहा भएपछि बुवो बलात्कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । कक्षा ६ मा पढ्दै गरेकी उक्त बालिकालेको भनाई अनुसार आमा गाईभैसी लिएर गोठमा बस्न गरेकी थिइन्, त्यहि बेला बुबाले बलात्कार गरे ।

अरु कसैलाई भनेमा मारिदिन्छु भनेपछि कसैलाई भन्न नसकेको बालिका बताउछिन् । बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचका लागि गएकी थिईन् । स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । ति बालिकाको पेटमा रहेको बच्चा भने गर्भपतन गराईसकेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology