Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मुङग्रो प्रहार गरि श्रीमानको हत्या


3.8K
Shares

मुङग्रो प्रहार गरि श्रीमानको हत्या

दैलेख १, साउन । मुङग्रो प्रहार गरि श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । दैलेखको नारायण नगरपालिका (११ टाटामाखु डाँडाटोलकी ३३ वर्षीया सुशीला मल्लले ३५ बर्षका पति खगेन्द्र मल्लको मुङग्रो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ९ बजे पति खगेन्द्रलाई मुङग्रोले टाउकोमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुसिलाले किला ठोक्ने प्रयोग गरिदै आएको काठको मुङग्रोले पति खगेन्द्रको टाउकोमा हानेको आरोप लगाएको छ ।

खगेन्द्रले मदिरा सेवन गरी निरन्तर पीडा दिने गरेको, घरेलु हिंसा गरेकाले पिडा सहन नसेको श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology