गोरखा १, असार । मौसम खराबीका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा कोरोना बिरुद्धको खोप लैजान समस्या भएको छ । चुमनुव्री गाउँपालिकामा १८ बर्षदेखि माथिका सवै नागरिकलाई पुग्ने गरि कोरोना खोप लैजान तयारी गरिएको भएपनि मौसम खराबीका कारण हेलिकप्टर समेत उडाउन नसक्ने अबस्थाका कारण खोप पु¥याउन समस्या भएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिनुभयो ।
जेठ अन्तिम सातादेखि परेको अबिरल बर्षाका कारण उत्तरी गोरखाको चमनुव्री गाउँपालिका क्षेत्रमा सडक, पैदल र खच्चड हिड्ने बाटो समेत अबरुद्ध भएको छ । सडक मार्गबाट खोप लैजान सक्ने अबस्था नरहेकाले त्यहाँ हेलिकप्टरबाट खोप लैजान तयारी गरिएको हो । ‘कोरोना बिरुद्धको भेरोसिल खोप आज चुमनुव्री पु¥याउने योजनामा हामी थियौ, उहाँले भन्नुभयो, मौसम प्रतिकल भएका कारण लैजान सक्ने अबस्था रहेन ।’ मौसम खराब भएका कारण खोप लैजान काठमाण्डौबाट हेलिकप्टर गोरखा सदरमुकामसम्म आउन नसकेको उहाँको भनाई छ ।
‘हेलिकप्टर आउने भन्ने निश्चित भएको थियो, प्रमुख खत्रीले भन्नुभयो, दिनभर मौसममा सुधार नआएपछि अब आज लैजानसक्ने अबस्था छैन ।’माउन्टेण्ड चाईल्ड नामक संस्थाको सहयोगमा गाउँपालिकाको सामागाउँ, गाप, चुम्लिङ र सिर्दिबास क्षेत्रमा हेलिकप्टर मार्फत खोप पु¥याइने उहाँले बताउनुभयो । खोप ढुवानीका लागि स्वास्थ्य कार्यालय तयारी अबस्था रहेको उहाँले जानकारी दिनुभयो । मौसममा सुधार आए शनिबार उत्तरी गोरखाको चुमनुव्री क्षेत्रमा कोरोना बिरुद्धको खोप पु¥याइने शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।
कार्यालयले तिब्बतसंग जोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा १८ बर्ष माथिका सवैलार्य कोरोना बिरुद्ध खोप लगाउने तयारी गरेको उहाँको भनाई छ । ‘करिब ३ हजार मात्रा खोप अहिले त्यहाँ पठाइदैछ, प्रमुख खत्रीले भन्नुभयो, उत्त मात्राले चुमनुब्री गाउँपालिका १८ बर्ष माथिका सवैलाई खोप लगाउन पुग्ने अनुमान गरिएको छ, नपुग भएमा अर्को पटक लैजाने योजना कार्यालयको छ ।’ चुमनुव्री गाउँपालिकामा ५५बर्ष माथिका सवैले यस अघि नै कोरोना बिरुद्धको कोभिसिल्ड खोप लगाई सकेको उहाँले बताउनुभयो ।