Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा ट्राफिकले थाल्यो सदरमुकाममा ‘ह्विल लक’ कारवाही


6.7K
Shares

गोरखा ट्राफिकले थाल्यो सदरमुकाममा ‘ह्विल लक’ कारवाही

गोरखा १, साउन । गोरखा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा ह्विल लक लगाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले बिहिबारदेखि सवारी नियम उल्लघंन गर्ने ७ वटा सवारीलाई ट्राफिक प्रहरीले जिल्लामै पहिलो पटक ‘ह्विल लक’ कारवाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बजार क्षेत्रमा जथाभावी पर्किङ गर्ने २ ओटा कार र ५ मोटरसाइकललाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ कारवाही गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको ७ वटै सवारीलाई शुक्रबार नै जरिवाना गरेर छोडिएको छ । कारवाहीमा पर्नेहरुमा कार तर्फ ग ३ च २०९ र ग १ ज ७००० नम्बरको भाडावाला र निजी सवारी साधन रहेका छन् ।

त्यस्तै गरी मोटरसाइकल तर्फ बा ८३ प ५७४९, ग १४ प २२२५, ना ३७ प १७३, ग १० प ९३४० र प्रदेश नम्बर ३–०२–०११ प ६४३९ नम्बरको रहेको पनि कार्यालयले जनाएको छ । कारवाही मा परेको ७ वटा सवारी साधानबाट ट्राफिक प्रहरी कार्यालय गोरखाले ४ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology