मोरङ ३१, असार । प्रहरीले अबैध लागू औषध र कटुवा पोस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्ताल तथा २ सय ९२ वटा एभिल र २ सय ९५ वटा लुपिजेसिक नामक लागूऔषधसहित भारतको अररिया जोगवनी ग्रामपञ्चायत घर बताउने ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरेको हो ।
नेपालतर्फ आउँदै गरेका पटेल माथि शंका लागेर चेकजाँच गर्दा उनको साथमा उक्त पेस्तोल तथा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका पटेललाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।