Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा जिल्लामा आज मात्रै ८० जनामा कोरोना संक्रमण भेटियो


4.3K
Shares

गोरखामा जिल्लामा आज मात्रै ८० जनामा कोरोना संक्रमण भेटियो

गोरखा ३१, असार । गोरखा जिल्लाको ४ वटा स्थानिय तहमा आज ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार गोरखा अस्पताल, गण्डकी, शहिदलखन, आरुघाट र अजिरकोट गाउँपालिकामा ८० जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये पिसीआर परिक्षणका क्रममा २९ जना र एन्टिजेन परिक्षणका क्रममा ५१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ ।

कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार आरुघाट गाउँपालिकाको मात्र पीसीआर रिर्पोट प्राप्त भएको छ । जहाँ १५ जना महिला र १४ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी एन्टिजेन परिक्षण गरिएको गोरखा अस्पतालमा १÷१ जना महिला पुरुष, गण्डकी गाउँपालिकामा ८ जना महिला र ३ जना पुरुष, शहिद लखन गाउँपालिकामा १२ जना महिला र ११ जना पुरुष र अजिरकोट गाउँपालिकामा ४ जना महिला र ११ पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

आज २५ जना महिला र २८ जना महिलाको पीसीआर रिर्पोट प्राप्त भएको र आज कुनै पनि पीसीआर संकलन नगरिएको कार्यालय जनाएको छ । साथै आजै ५२ जना महिला र ५१ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको छ ।  जिल्लामा बिहीबार विभिन्न स्थानिय तहमा २९४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology