Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा संक्रमण भयावह बन्दै : एकैठाउँ २५ जनाको एन्टिजेन गर्दा २३ जनामा कोरोना पुष्टी


4.7K
Shares

गोरखामा संक्रमण भयावह बन्दै : एकैठाउँ २५ जनाको एन्टिजेन गर्दा २३ जनामा कोरोना पुष्टी

गोरखा ३१, असार । गोरखा जिल्लामा पछिल्लो समय कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सुरु गरेपछि संक्रमितको संख्या बढ्न थालेको छ । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ८ बुंकोट स्थित छापथोकमा आज गरिएको एन्टिजने परिक्षणका क्रममा एउटै गाउँमा २३ जनामा संक्रमण देखिएको छ ।

२५ जना एन्टिजेन्ट परिक्षणमा २३ जनाको संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो । स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार कोरोना संक्रमण संग मिल्दो जुल्दो लक्ष्यण देखिएको उत्त गाउँमा प्रत्येक घर जसोमा बिरामी रहेको भन्ने सूचनाको आधारमा बिहीबार एन्टिजेन परिक्षण गराईएको हो ।

१६० घर घुरी संख्या रहेको उत्त स्थानमा भोली शुक्रबार रिर्पोट संकलन गरेर शनिबार पुनः परिक्षणका दायरा बढाइने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology